डोलराज रानाभाट, गैडाकोट ।
इलाका प्रहरी कार्यालय सहित ट्राफिक प्रहरी गैडाकोटले थालेको नियमिति सवारी चेकजाँचमा आज मात्रै २९ वटा सवारीलाई कारवाही गरिएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तगर्त गैडाकोट क्षेत्रमा गरिएको चेकजाँचमा क्रममा नियम उल्लघंन गर्ने सवारीबाट गरेको कारवाहीबाट १७ हजार राजश्व संकलन भएको गैडाकोटका प्रहरी प्रमुख इन्सपेक्ट दिपक कुमार कार्कीले जानकारी दिनुभयो । कारवाहीमा धेरै मोटरसाइकल चालक परेका छन् ।

विहान र साँझ चेकचाँजमा विशेष कडाइ गरेको कार्कीले जानकारी दिनुभयो । कारवाहीमा पर्नेहरुमा हेलमेट नलगाउने, लाईसेन्स ब्लु बुक नलिने, रिन्यु फेल हुनेहरु धेरै रहेका छन् ।

साथै चाडपर्वमा त्यस्तो विशेष योजना भन्दापनि पहिलेदेखिनै तिव्र पारिएको मोटरसाइकल गस्तिहरु निरन्रत रहेको र समाजमा हुल दंगा गर्ने, शंका लाग्ने गतिविधि गरेको पाईएमा तुरुन्त प्रहरीलाई खवर गर्न उहाँले आग्रह गर्नुभएको छ । साथै चाडपर्वलाई ध्यानमा राखेर कार्यालय अगाडी सकडमै यात्रु सहायता कक्षको स्थापना गरिएको र २४ सै घण्टा सेवा प्रदान गर्ने कक्षबाट कसैले बढि भाडा लिए, मादक पदार्थ सेवन गरे लगायतका गुनासा भए सम्पर्क राख्न र गुनासो आउनसाथ कारवाही गरिने कार्कीले जानकारी दिनुभयो ।

SHARE