सगुन पाेष्ट/ िचतवन । नेपाली काँग्रेस भरतपुर महानगरमा अधिकारी देश सङ्घीय राज्य संरचनामा गएपछि नेपाली काँग्रेसले पाटीले आफ्नो स्थानिय संरचनालाई सोहि अनुरुप रुपान्तरण गरिरहेको छ ।

यसै क्रममा आज बिहिबार चितवनमा साबिकका भरतपुर उप महानगर समिति, चित्रवन नगर कार्यसमिति, नारायणी नगर कार्यसमिति तथा कबिलास गाँउ समितिलाई समायोजन गरी भरतपुर महानगर समिति घोषणा गरिएको छ ।

साबिक नेपाली काँग्रेस भरतपुर उपमहानगर समितिका सभापति भरत अधिकारी नेपाली काँग्रेस भरतपुर महानगर समितिको सभापति निबिरोध चयन भएको स्थानिय तह पाटी संरचना समायोजनका लागि केन्द्रिय प्रतिनिधि बिष्णु अर्यालले जानकारी दिए ।

अधिकारीलाई महानगर सभापतिका लागि साबिक नारायणी नगरसभापति टिकाराम भट्टराईले प्रस्ताब गरेका थिए भने साबिक चित्रवनका नगर सभापति सालिकराम पौडेलले सर्मथन गरेका थिए ।

नयाँ बनेको नेपाली काँग्रस भरतपुर महानगर समितिमा साबिक चित्रवनका सभापति सालिकराम पौडेल, नारायणीका सभापति टिकाराम भट्टराई तथा कबिलास गाँउ समितिका सभापति भैरवसिंह गुरुङ्ग सह–सभापति हुने अर्यालले बताए । अर्यालका अनुसार समितिका अन्य पदाधिकारी तथा सदस्यहरु पुरानै पदमा रहनेछन् ।

समायोजन बैठकमा नेपाली काँग्रस चितवनका सभापति जीत नारायण श्रेष्ठले यहि मंसिर १४ गते चितवनका ३ वटा वडामा हुने उप निर्वाचन काग्रसका लागि अग्नी परिक्षा भएको बताए । उनले कार्यक्रममा उपस्थित नेता कार्यकर्ताहरुलाई यो उप निर्वाचनमा बिजयी बनि पाटीको शाख फर्काउन आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस चितवनमा पुर्वपाटी सभापतिहरु, सांसदहरु, पुर्व सांसदहरु, पाटी तथा पाटीका बिभिन्न भात्रृ तथा शुभेच्छुक सस्थाका सयौं कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रमको सभापतित्व भरतपुर महानगर समितिका सभापति भरत अधिकारीले गरेका थिए ।

यसै गरी नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नं १६ को पनि समायोजन आजै गरिएको छ । समायोजन पछि भरतपुर महानगर पालिका वडा नं १६ को सभापतिमा राम बहादुर बस्नेत निबिरोध निर्वाचित भएका छन् ।

बस्नेतलाई सभापतीमा निर्वाचित गर्न साबिक १८ नं वडाका बुथ सभापति अमृत हमालले प्रस्ताब गरेका थिए भने साबिक १७ का बुथ सभपति यम बहादुर गुरुङ्गले सर्मथन गरेका थिए ।

साबिक भरतपुर उप महानगरपालिका वडा नं १६,१७ र १८ बडाहरु भरतपुर महानगर बनेपछि भरतपुर महानगर पालिकाको १६ नं बडामा गाभिएका हुन् । यो वडामा मंसिर १४ गते उप निर्वाचन हुदैछ । उप निर्वाचनको मिति नजिकिए सँगै नेपाली काग्रेसले आफ्ना गतिबिधिहरु बढाईरहेको छ ।

SHARE