काठमाडौं, असोज १६ । यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाही (भिडियोमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएको) ले मंगलबार साँझ आफ्नो बयान फेरे पनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको छ । आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ ।

प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर त्यहाँ पुगेको देखिएको छ । स्रोतका अनुसार उनी त्यहाँ पुगेको सूचनाको प्राविधिक विश्लेषण गरेर प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको थियो ।

SHARE