गैंडाकोट,  असोज । नेपाली कांग्रेसका महामन्त्री डा.शसाकं कोइरालाले कांग्रेस जिम्मेवार नबन्ने हो भने लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने बताउनुभएको छ । नेपाली काग्रेस पर्बी नवलपरासी प्रदेश क ले आयोजना गरेको एक कार्यक्रमलाई आज गैंडाकोटमा सम्बोधन गर्दै काग्रेस महामन्त्री डा.कोइरालाले सो बिचार ब्यक्त गर्नुभएको हो ।

उहाँले गणतन्त्र टिकाउन कांग्रेस जिम्मेवार नहुने हो भने बर्तमान दुई तिहाईको कम्युनिष्ट सरकारको दम्भका कारण लोकतन्त्र र गणतन्त्र दुबै खतरामा पर्ने र काग्रेस जिम्मेवार हुनै पर्नेमा जोड दिनुभयो । पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री डा. कोइरालाले नेपाली काग्रेसले अहिले कम्युनिष्ट शासनको रणनीतिलाई पर्ख र हेरको अबस्थाबाट नियालेको तर अब यस्तै रवैया उनीहरुमा रहिरहे काग्रेस चुप लागेर नबस्ने र सशक्त प्रतिकार र खबरदारी गर्ने बताउनुभयो ।

अन्र्त्क्रिया कार्यक्रममा कार्यकर्ताले कांग्रेसका नेताहरुले गुट उपगुट, झुण्ड र नाताबाद त्यागेँ कांग्रेसलाई कसैले हराउन नसक्ने सुझाब दिएको गैंडाकोटका काग्रेस नेता नारायण पौडेलले बताउनुभयो । काग्रेस कार्यकर्ताहरुले कम्युनिष्टको अन्याय अत्याचार र खोक्रो आश्वासनको भण्डाफोर तथा कांग्रेसले गरेका महत्वपूर्ण कार्यको जानकारी आमजनतामा पु¥याउन नेतृत्वले महत्वपूर्ण भूमिका खेल्नुपर्ने लगायतका विषयमा सुझाव दिएको प्रदेश सभापति खेमप्रसाद सापकोटाले बताउनुभयो । कार्यक्रममा केन्द्रीय प्रतिनिधि पुर्ब सांसद शंकर पाण्डेले कांग्रेसले विगतमा गरेको गल्तीबाट पाठ सिक्दै भावी दिनमा सबल र सक्षम भएर अघि बढेमा कसैले हराउन नसक्ने बताउनुभएको थियो ।

SHARE