तिलक सुवेदी । शाश्वतधाम अन्तर्गत संचालित वैदिक कर्मकाण्ड गुरुकुल को आयोजना तथा विश्वज्योति मा वि, प्रगतिनगर को सह आयोजना मा जिल्ला स्तरिय अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भयो छ ।

राष्ट्रिय धर्म सभा दिवस को अवसर पारेर आयोजना गरिएको र “सनातन धर्म तथा संस्कृति को प्रबर्द्दन“ मुख्य विषय बस्तु रहेको सो कार्यक्रममा नवलपुर जिल्लाबाट ३७ विद्यालयहरुको सहभागिता रहेका थिय ।

कार्यक्रमको उद्घाटन वैदिक कर्मकाण्ड गुरुकुलका छात्रहरुले स्वस्ति वाचन तथा शंख वादन गरेर सुरु गरीएको थियो । शाश्वतधामका प्रमुख कार्यकारी नारायण श्रेष्ठ र विश्वज्योति मावि का संस्थापक प्रिन्सिपल श्री विष्णु प्रसाद वास्तोलाले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरिएको थियो ।

उद्घाटन सत्रमा बोल्दै, शाश्वतधामका प्रमुख कार्यकारी श्रेष्ठले, शाश्वतधामको उद्देश्य, सनातन धर्म तथा संस्कृतिको संरक्षण तथा प्रबर्धन गर्नु रहेको र यस्ता कार्यक्रमले साना साना बालबालिकाको मस्तिस्कमा आफ्नो संस्कार र संस्कृति प्रति गहिरो प्रभाव पार्ने भएको हुदा यो कार्यक्रम आयोजना गरिएको बताउनु भया ।श्रेष्ठले भन्नुभयो “भविस्यमा पनि यस्ता खालका कार्यक्रमहरु निरन्तर दिने छ ।”

प्रतियोगितामा विश्वज्योति माविले प्रथम स्थान हासिल गर्यो भने, लुम्बिनी इंगलिस बोर्डिंग स्कुल, कावासोती, अरुणखोला इंगलिस बोर्डिंग स्कुल र सुर्योदय विद्या मन्दिर, गैंडाकोटले क्रमश द्वितीय, तृतीय तथा सान्तवना स्थान हासिल गरेका थियो ।

कार्यक्रमको प्रमुख आतिथी देवचुली नगरपालिकाका नगर–शिक्षा अधिकारी रामप्रसाद शर्माले अधिकाशं वक्ताले चित्रकलाका माध्यमबाट अन्तर मनका धेरै भावना व्यक्त गर्न सकिने भएकाले पनि यसको अत्यन्तै धेरै महत्व रहेको धारणा राख्नुभएको थियो ।

चौधरी ग्रुपको सिएसआर प्रमुख रामचन्द्र धितालले भन्नुभयो ः– बौद्धिक सनातन धर्म संरक्षण तथा प्रर्बद्धन गर्ने उद्धेश्यले शाश्वतधाममा आयोजित प्रतियोगिताले भोलीका कर्णदारलाई धर्मको बारेमा चिनाउा सजिलो हुने बताउनुभयो ।

 

SHARE