गैंडाकोट नगरपालिका भित्र रहेको सम्पुर्ण होटल व्यवसायीको छाता संगठन मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघ सातौं साधारण सभा तथा दोस्रो अधिवेशनले हरि क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यसै विषयमा तिलक सुवेदीले नव नियुक्त अध्यक्ष हरी क्षेत्री संग गरीएको कुराकानी ।
प्रहरी संगको सम्बन्ध कस्तो हुनुपर्छ ?
हाम्रो मुख्य साझेदारी हुनुपर्ने प्रहरी प्रशासन हो । होटल ब्यवसायी अहिले उनै प्रशांसन संग पिडित छन् । हामीले पनि नेपाल सरकारको माताहतमा रहेर संचालन गरीएको हो ।ब्यवसायको तर्फबाट कम्जोरी भए सुर्धाने र अनावश्यक दुःख नदिन प्रशांसन संग अग्रह गर्छु । होटेल ब्यवासायको र प्रशांसनको सम्बन्ध नङ र मासुको जस्तो हुन पर्छ ।
एउटा जिल्लामा दुई होटल ब्यवसाय किने ?
पहिला हाम्रो जिल्ला सारै ठुलो भौगोलिक हिसावले टाडाँ भएकै कारण हामीले यस सस्थाको स्थापना गरेका थियौँ । पछि हाम्रो संस्था बढ्दै गयो र अब हाम्रो ब्यवसायको समस्या हामी आफै हल गर्ने सक्ने भयौं । गरी खाने साथिलाई समय मिलाउन सारै गाह्रो भएकोले पनि यो संस्था जन्मीन गएको थियो । त्यसैले यो संस्थालाई बलियो बनाउनै तर्फनै लाग्ने हो । जिल्लाको होटल ब्यवसाय पनि छुट्टै संस्थाको रुपमा परीचित हुन्छ ।

नव नियुक्त अध्यक्ष हुनुभएको छ, अब कसरी अगाडि बढ्नुहुन्छ ?
म गैंडाकोटलाईनै जन्म थलो र कर्म थलो बनाएको मान्छे हो । यहाँको सुख दुःखमा हरेक बुझेको छु । अझै लामो होटल ब्यवसाय पछि सम्पुर्णको मायाँ दुई बर्षीय जिम्मेवारी थपिदिनुभएको छ । यो समय ब्यवासायीक संगै हुने छु । ब्यवासायीकलाई परेको दुःख सुखमा रहने छु । । सबै भन्दा पहिलात प्राप्त होटल ब्यवासायलाई पुग्ने गरी विद्युत दिन नगर संग माग गर्छु ।नगरपालिका संग एउटा सहमतीनै गरेर गैंडाकोट नगरपालिकालाई पर्यटकीय नगरपालिकाको रुपमा चिनाउने छु र मेरो कार्यकालको सबैभन्दा ठुलो उपलब्धी हुने छ । गुणस्तरिय खाना, खाजा, आरमदायी बासको उचित प्रवन्ध भए व्यवसायलाई कहिल्यै असर नहुनेहुदा यस्को लागी कदम चल्ने छु ।
गैंडाकोट आर्को नाम खान खाने ठाउँको रुपमा विकासी हुदैं छ यस्लाई कसरी हेर्नुभएको छ ?
महत्वपुर्ण कुरा उठाउनु भयो । यो गर्वको कुरा हो यस क्षेत्र देशकै मध्य भागमा नारायणी नदि, मौलाकालिमा मन्दिर खुल्ला ठाउँ, उत्पादन मुखि जमिन यस्तै सबै मिलेको ठाउँमा अन्तरीक तथा बाह्य पर्यटकका लागि राम्रो ठाउँ हो यसको प्रचार प्रसार गर्न पर्ने छ । यो क्षेत्रकै उत्पादन यसै क्षेत्रमा खपत भयो भने नगर छिट्टै समृद्धिको बाटो तिर उन्मुख हुने छ । यहाँको हाजेनिक परीकार खुवाउने मेरो आको लक्ष्य रहेको छ ।

राजमार्गका होटलको खाना गुणस्तरविही छ भन्छन, यस्लाई नियन्त्रण गर्न के गर्दौहुनुहुन्छ ?
त्यस्तो सबै होटलमा पब्कै होईन त्यस्ता खाले सुचना पाए हामी संघको नियम अनुसार कार्वाही हुने छ । यसैलाइ मध्य नगर गदै अब हामीले अनुगमनलाई ब्यस्थित बनाउदै छौँ । त्यस्तो तलमाथि पहेको खण्डमा संघको नियम अनुसार कार्वाही हुने हुदा संचार मध्यमले पनि सहयोग गर्न आग्रह गदर्छु । अनुगमन खाना मात्र नभई कर्मचारी कस्तो प्रकारको राखेको छ । कत्तिको सफा राखेको छ । पहुनाको अभिलेख कस्तो प्रकारले राखेको छ यि सवै कुराको अनुगमन हुने छ ।

 

SHARE