अजय पौडेल/ गैंडाकोट , श्रावण २५ 

पारिजात टोल बिकास संस्था गैंडाकोट ५ को चौथों साधारणसभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ ।
आज गैंडाकोट ५ गणेश मन्दिरमा भएको अधिबेशनले गोबिन्द प्रसाद पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्बाचित कार्यसमितिको उपाध्यक्षमा तारा कुमारी आचार्य , सचिवमा अर्जुन पौडेल, सह सचिबमा कृष्ण प्रसाद तिवारी, कोषाध्यक्षमा भिमा देबकोटा,सह कोषाध्यक्षमा कमला बसौला,सदस्यहरुमा सरस्वती अधिकारि, लक्ष्मण लामिछाने,तारा ढुंगाना , मनु ढुंगाना,हरि बहादुर राना, र धनराज कंडेल चयन हुनुभएको निबर्तमान सचिब दिपक ढुंगानाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गैंडाकोट नगर उपप्रमुख बिष्णु कुमारी कंडेलले पारिजात टोल बिकास संस्था गैंडाकोटकै उत्कृष्ट संस्था भएको बताउदै आगामी दिनहरुमा पनि अझै सामाजिक कार्य गर्न सुझाब दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथी गैंडाकोट वडा नम्बर ५ का वडा अध्यक्ष नवराज कंडेल तथा अतिथिहरु गैंडाकोट ५ का वडा सदस्य भिम बहादुर कुमाल,वडा सदस्य हरि प्रसाद सापकोटा , पार्बती सापकोटा लगायतले मन्तव्य राख्दै संस्थाले गरेको कामको प्रशंसा गर्दै अझै राम्रो काम गर्न आग्रह गर्नुभयो ।

नवनिर्बाचित कार्यसमितिको सपथ ग्रहण पनि आजै सम्पन्न भएको निर्वाचन समितिका संयोजक टिकाराम कंडेलले जानकारी दिनुभयो । सपथ ग्रहण कार्यक्रम पश्चात् बोल्दै नवनिर्बाचित अध्यक्ष पौडेल अघिल्लो कार्यकालमा टोलबासिले गरेको सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै यो कार्यकालमा पनि सबै टोलबासिको सहयोगको अपेक्षा रहेको बताउनुभयो
पारिजात टोल बिकास संस्थाका सचिव दिपक ढुंगानाले सहजीकरण गर्नुभएको कार्यक्रम संस्थाका अध्यक्ष गोबिन्द प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

SHARE