Thursday, October 24, 2019

पानी शुद्धीकरणका लागि चेतना अभिवृद्धि गर्नु छ : अध्यक्ष चापागाई

61
नवनिर्वाचित अध्यक्ष शुभाष चापागाई

 

गैंडाकोट वडा नम्बर ६, ७, ८ र ९ मा देखिएको खानेपानी समस्यालाई पूर्ति गर्न २०६४ सालमा स्थापित विजयनगर पम्पि∙ खानेपानी तथा सरसरसफाइ उपभोक्ता संस्थाले विभिन्न चुनौती पार गर्दै अघि बढिरहेको छ । संस्थामा देखिएको आर्थिक संकट, गरिब विपन्न बस्तीमा सहज खानेपानीको आपूर्ति, महसुललगायतका विषयमा गम्भीर भएर लाग्नुपर्ने अवस्था देखिएको छ । संस्थामा देखिएका विभिन्न चुनौतीका बाबजुद मतदान प्रक्रियाबाट नयाँ कार्यसमिति चयन गरियो । विजयनगर पम्पि∙ खानेपानी तथा सरसरसफाइ उपभोक्ता संस्थाको दोस्रो अधिवेशनबाट संस्थाका पूर्व सचिव शुभाष चापागाई अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । संस्थाको सुदृढीकरणका लागि अबको योजनाका विषयमा हामीले नवनिर्वाचित अध्यक्ष शुभाष चापागाईसँग कुराकानी गरेका छौं ।  पवित्रा पराजुलीले गर्नुभएको कुराकानीको सम्पादित अंश :

 

सर्वप्रथम त विजयनगर पम्पि∙ खानेपानी तथा सरसरसफाइ संस्थाका अध्यक्षजस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकामा हार्दिक बधाइ छ ।
तपाईंं लगायत मलाई निर्वाचनमा मत दिनुहुने प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग गर्नुहुने सबैलाई हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछु ।
यसअघि सहमतिबाट नै संस्था सञ्चालन भएपनि अहिले निर्वाचनमा नै जानुपर्ने अवस्था कसरी आयो ?
मलाई त निर्वाचन भन्न मन लाग्दैन । हामी सबै पहिले सहमतिमा नै जाने भन्ने थियो । सबैको चाहाना पनि त्यही नै थियो तर पछि परिस्थिति त्यस्तै बन्यो । अन्ततः हामी निर्वाचनमा नै जानुप¥यो । तर हामी निर्वाचनमा गएपनि यो हामीप्रतिको उपभोक्ताको माया हो । उहाँहरुको म र मेरो टिमप्रतिको विश्वास हो । तर पनि संस्थाको हितका लागि हामी सबै एक भएर अगाडि बढ्ने प्रण गर्छौं ।
यसअघि संस्थामा सचिव पदमा रहेर र अहिले अध्यक्ष पदमा रहेर काम गर्दैगर्दा तत्कालका लागि कस्तो अनुभव गर्दै हुनुहुन्छ ?
अब घरमा पनि अभिभावक हँुदा र अभिभावक आफै हँुदा फरक हुन्छ । त्यस्तै संस्थामा पनि सचिव हुनु र अध्यक्ष हुनुमा फरक हुन्छ नै । पहिले मभन्दा धेरै अनुभव बटुलेका व्यक्तिहरुसँग बसेर मैले काम गरँे । उहाँहरुबाट धेरै सिक्ने अवसर पनि प्राप्त भयो । अहिले त्यो सिकाइ र अनुभव लागू गर्दै अघि बढ्ने तयारीमा छु । केही जिम्मेवारी बोध भएको महसुस भएको छ ।
अहिले संस्थाको अवस्था कस्तो छ ?
हामीकहाँ अहिले ७०÷३० को योजना छ । नेपाल सरकारले ७० प्रतिशत लगानी गर्ने र संस्थाले ३० प्रतिशत लगानी गर्ने गरी हाम्रो यो योजना सम्झौता भएको थियो । सम्झौता भएपनि समयमा नै सम्पन्न गर्न नसकिएको हुँदा हामीले डेढ वर्ष जति फेरि समय थप गरेका थियौं । थपिएको समयमा पनि हामीले जुन ३० प्रतिशत लगानी गर्नुपर्ने थियो त्यो पैसा हामीले गरिब विपन्न बस्ती धेरै भएकाले उपभोक्ताबाट र अन्य स्रोतबाट पैसा जुटाउन सकेनौं । त्यसपछि हामीले नगर विकास कोषबाट ५ वर्ष पछि तिर्ने २० वर्ष भित्रमा तिर्ने गरी ५ प्रतिशत ब्याजमा तिर्ने गरी १ करोड ५३ लाख रुपैयाँ गत २०७५ साल असार ३१ गते सम्झौता गरेका थियौं । यो सम्झौता गर्दा पानीको महसुलमा केही सर्तहरु राखेर दुवै पक्षबाट गरिएको थियो । उहाँहरुले लगाएको शुल्क अलिकति बढि थियो तर हाम्रोमा गरिब विपन्न समुदाय बढी हुनुहुन्छ भनेर धेरै पटक छलफल ग¥यौं । धेरै पटक बैठक बसियो । हामी ऋणमा थियौं र अहिले पनि छ । यही बाध्यताले पानीको मूल्यवृद्धि गर्नुप¥यो । तर उपभोक्ताको गुनासो आएपछि अहिले १५ युनिटको १५० को दरले पानीको शुल्क लिने गरेका छौँ । संस्था सञ्चालनमा केही चुनौती छ तर समस्याहरुलाई बिस्तारै हल गर्दै हामी अघि बढ्ने प्रयत्न गर्ने छौं ।
अब यो ऋण कसरी तिर्ने योजना गराउनुभएको छ ?
हामीले जानी जानी उपभोक्तालाई यो ऋण बोकाउन चाहेका होइनौं । यो सरकारी लगानी भएकाले यस्तो भएको हो । हाम्रो खानेपानी संस्थाको क्षेत्रभित्र गरिब विपन्न बस्ती धेरै भएकाले पनि खानेपानीबाट शुल्क उठाउन नसकिएको हो । अब सम्पूर्ण गैंडाकोटवासीले खानेपानीका लागी वैकल्पिक स्रोत खोज्न आवश्यक छ र हामी पनि अब वैकल्पिक स्रोतको खोजीमा लागेका छौँ । हाम्रो सदस्यहरु गरिबीका कारण पानी खान नसक्ने अवस्थामा छन् । यी उपभोक्तालाई सहज पानी वितरणको योजना बनाएर अगाडि बढेका छौँ । पैसा तिरेर पनि पानी खान नपाएको अवस्था छ । समुदायका यस्ता समस्या कम गर्दै हामीले त्यो क्षेत्रमा पानी पु¥याउने गरी काम गर्ने छौँ र कसैलाई पनि पानी उपभोग गर्नबाट वञ्चित हुनपर्ने अवस्था आउन दिने छैनौं । यसका लागि हामीले नेपाल सरकारसँग अनुदान लिने र आर्थिक संकलन गर्दै यो ऋण तिर्न र संस्थालाई मजबुत गराउन वैकल्पिक खोजीमा लाग्ने छौँ ।
तपाईंंबाट उपभोक्ताहरुले धेरै आशा गरेर नै मत दिएका हुन्, त्यो आशा मर्न नदिन के गर्नुहुन्छ ?
पक्कै पनि तपाईंले भने जस्तै हामीबाट धेरैले ठूलो आशा गर्नुभएको छ । तर संस्थाको अवस्था हेर्दा उहाँहरुले सोचे जस्तो नहुन पनि सक्छ । तर पनि हामी पछि हट्ने छैनौं । उहाँहरुको आशा मर्न दिन्न । हामीले हाम्रो तर्पmबाट गर्नुपर्ने कुरा केही पनि बाँकी राख्दैनौँ । यसका लागि हामीले संस्थाको ऋण कम गर्न तत्काल थप सदस्य बनाउने कार्यमा लाग्ने छौँ । यो अभियानले संस्थाको ऋण चुक्ता गर्नका लागी केही सहयोग गर्नेछ भन्ने हामीलाई लागेको छ । सँगै सरकारबाट पनि आर्थिक माग गर्ने योजना बनाएर अगाडि बढ्छौँ । अर्कातर्फ खानेपानीको महसुल धेरै भयो भन्दै उपभोक्ताको गुनासो आइरहेको छ, यसलाई कसरी कम गर्न सकिन्छ भनेर त्यसको खोजीमा लाग्ने छौँ । हाम्रो तत्कालीन सोच भनेको गरिब विपन्न परिवारका लागी धारा वितरण र वैकल्पिक स्रोतको खोजीका लागि भने हामी अगाडि बढ्ने छौँ ।
वैकल्पिक स्रोतको लागि सम्भावना के छ ?
हामीले संस्था सञ्चालन गर्नुभन्दा पहिला गैँडाकोट ६ मा एउटा शिवनगर खानेपानी भन्ने थियो । जुन हामीले कछुवा खोलाबाट पानी ल्याएर वडा नम्बर ६ मा पानी वितरण गथ्र्यौँ । अब त्यो खोलाको पानीलाई ओभरहेड ट्याङ्की बनाएर वितरण गर्न सकिन्छ । त्यो एउटा सम्भावना छ । त्यस्तै अहिले नन्दन सामुदायिक वनले धवाहा ताल बनाउँदै छ । त्यहाँ जम्मा भएको पानीलाई फिल्टर गरेर पनि वितरण गर्न सकिन्छ । अर्को ९ नम्बरमा रहेको सूर्यनगर खानेपानीले एउटा खोलाबाट पानी ल्याएर खानेपानी वितरण गरिरहेको छ । हामीले पनि त्यसैगरी कुन–कुन खोलाबाट पानी ल्याएर वितरण गर्न सकिन्छ भन्ने हिसाबले त्यसको खोजी गर्नुपर्ने आवश्यकता देखेका छौं । अब यसरी नै अगाडि बढ्न सकिन्छ । यसको हामीले अध्ययन र अनुसन्धान गर्ने नै छौं ।
संस्थामा तपाईंले देखेको चुनौती के हो ?
अहिले पनि पाइपलाइनको समस्या छ । हामीले यसअघि पाइपलाइन विस्तार गर्दा त्यति धेरै ध्यान पु¥याउन सकेनौं । सोही कारण अहिले समय समयमा पाइपहरु फुट्ने, खेतमा ट्रयाक्टर लगाउँदा र बाटो विस्तार गर्दा पाइप बाहिर निस्कने, काटिने र फुट्ने समस्या आएका छन् । यसलाई व्यवस्थापन गर्नुपर्ने देखिएको छ । हामीले उपभोक्ताहरुलाई पनि यो ठाउँबाट पाइप गएको छ भन्ने खालको जनचेतना जगाउन पनि सकिरहेका छैनौं । पानी शुद्धीकरणका लागि चेतना अभिवृद्धि गर्दै लैजानुपर्ने छ । ऋण चुक्ता गर्नुपर्ने छ । संस्थामा देखिएका यस्ता विषयमा उपभोक्ताको पनि साथ र सहयोग प्राप्त हुन्छ भन्ने विश्वास लिएका छौं । उहाँहरुको साथ र सहयोगले नै संस्थाको उन्नति र प्रगति हुने छ भन्ने मैले विश्वास लिएको छु ।
अन्य तपाईंले देखेका सम्भावना के छन् ?
मैंले अघि पनि जोडे धेरै चुनौती हँुदाहँुदै पनि हाम्रो लागि सम्भावना भनेको उपभोक्ताको साथ र सहयोग नै हो । सँगसँगै यहाँ रहेका समाजिक व्यक्तित्व र यहाँ रहेका संघसंस्थाको सहयोग नै हाम्रो सम्भावनाका आधार हुन् ।
नगर क्षेत्रमा रहेका अन्य खानेपानी संस्थाहरुसँग सहकार्यका विषयमा के सोच्नुभएको छ ?
हामीले २०६४ सालमा यो संस्था स्थापना ग¥यौं । हामीले ६ वर्षको यात्रा पार गरेपछि भएको सर्भेले २०७१÷०७२ सालतिर आइपुग्दा सरकारले जुन पुराना योजनाहरु छन् ती योजनालाई नै अगाडि बढाउने, संस्थामा नयाँ योजना सञ्चालन गर्न चुनौती छ भन्ने ठहर गरेपछि यो योजना सुरुवाती चरणमा नै गैंडाकोट १ मा रहेको जलुके विजयनगर खानेपानी तथा सरसरसफाइ उपभोक्ता संस्थाले नै उसले आÇनो योजनालाई स्किम नम्बर १ र यो खानेपानी योजनालाई स्किम २ भनेर जुन निर्णय गरेर सहयोग ग¥यो त्यसपछि बल्ल हाम्रो यो योजना जलुके विजयनगर खानेपानी स्किम नम्बर २ भनेर स्वीकृत भएको हो । यो संस्थाले हामीलाई निकै ठूलो सहयोग गरेको छ । त्यस्तै गैंडाकोट पम्पि∙ स्किम खानेपानी तथा सरसरसफाइ उपभोक्ता संस्थाले पनि हामीलाई यो ठाउँमा खानेपानी योजनाको आवश्यक छ भनेर दिएको सुझाव, हामीलाई भवन निर्माण गर्दा, योजना अगाडि बढाउँदा, हामीलाई केही सामान आवश्यक पर्दा होस् वा जुनसुकै क्रियाकलापमा उहाँहरुले गरेको सहयोग अतुलनीय छ । त्यसैले हामीहरु सबै एकअर्कामा हातेमालो गरेर अगाडि बढिरहेका छौँ । सञ्जाल बनाउनेदेखि एकअर्कालाई आवश्यक परेका खण्डमा सहयोग जुटाउने कार्यमा हामी जुट्ने छौं । सभार: विजय खबरबाट 

SHARE