तिजको माहोलको प्रसङ्गलाई कोट्याउदै गर्दै गायक प्रेम सापकोटा सोनुले जापानी रेलैमा तिज गित देखि जाहाजै चढेर लगाएत ,बालापन एल्बम सम्म आइपुग्दा व्यापक चर्चा बटुली सकेको छन ।

फेरि यहि साल आफ्नै लय शब्द , स्वरमा केही दिन अगाडि मात्रै प्रयलय मनपर्नी,बजार फालेर सवैको माया बटुल्ने क्रममै गायक सापकोटाले , फेरि आफ्नो लय र निता अधिकारी र श्याम पगेनीको आवाजमा मेरो माया बजारमा ल्याय ।।उनको यो गितपनि अहिले चर्चा मै छ ।

यिनै तिजको माहोललाई अझै तताउने क्रममा अहिले अर्कैको स्वास्नी राम्री अर्कैको पोइ बजारमा ल्याएका छन ।गितमा गायक प्रेम सापकोटाको लय ,शब्द अनि सुरेश सुनार र काजल गुरुङको स्वर रहेको छ भने अभिनयमा लाखौं का मन जितेका मोडल सरापे र बिमलीको दम्दार अभिनय देख्न सकिन्छ।

यी सबै गितहरुलाई गायक सापकोटाले आफ्नै युटुब च्यानल मार्फत बजारमा ल्याएका छन । जापानमा हरेर पनि संगीतिक क्षेत्रमा अब्बल रहेका गायक सोनुका आफ्नै अभिनय र निर्देशन लगायत का करिब 3दर्जन गितहरु बजारमा रहेका छन।।

SHARE