तिलक सुवेदी , असार २८/गैंडाकोट

२०६ औं भानुजयन्तिको अवसरमा गैंडाकोट जेसिजले आज नेपाली साहित्य र शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएका कबिबर गोबिन्दराज बिनोदिलाइ सम्मान गरेको छ । श्रस्टा सम्मान कार्यक्रम अन्तर्गत राजधानी बाहिर रहेर पनि नेपालको भाषा साहित्य र शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नुभएको स्मरण गर्दै सम्मान गरिएको गैंडाकोट जेसिजका अध्यक्ष भानुभक्त रिमालले जानकारी दिनुभयो ।

कार्यक्रमकि प्रमुख अतिथि गैंडाकोट नगरपालिकाकि उपप्रमुख बिष्णु कुमारी कंडेलले सम्मानित ब्यक्तित्व बिनोदिले गरेको योगदानको गैंडाकोट नगरपालिकाले स्मरण गरेको भन्दै छिट्टै नै आर्थिक र अन्य सम्मान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सम्मान कार्यक्रममा बोल्दै सम्मानित ब्यक्ति कबिबर बिनोदिले गैंडाकोट जेसिजको सम्मानले आफुलाइ थप उर्जा प्रदान गरेको र अझै साहित्यमा लाग्न प्रेरणा दिएको बताउनुभयो ।

श्रस्टा सम्मान कार्यक्रम अन्तर्गत कबिबर गोबिन्दराज बिनोदिलाइ सम्मान गर्न पाउँदा धेरै खुसी लागेको गैंडाकोट जेसिजका अध्यक्ष भानुभक्त रिमालले बताउनुभयो ।

कार्यक्रममा गैंडाकोट जेसिजका पुर्ब अध्यक्ष गणेश शर्मा पौडेल , कानुनी सल्लाहकार राम प्रसाद भुसाल,जेसिजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको गैंडाकोट जेसिजका महासचिव दया सापकोटाले जानकारी दिनुभयो ।

गैंडाकोट जेसिजका अध्यक्ष भानुभक्त रिमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रम संयोजकको भुमिका गैंडाकोट जेसिजका सहसचिव अजय पौडेलले गर्नुभएको थियो ।

SHARE