तिलक सुवेदी /नवलपुर ।
अहिले स्थानीय निकायमा योजना तथा वडा भेला सुरु भएको छ । अगामी बर्षको लागी विनोजित वजेटमा कसरत चलेको छ । मेरो टोलमा, मेरो घर अगाडि अथवा मेरो आफ्तका घरमा हुनु पर्छ भन्नु हिड्नु समाजसेवा होईन ।

यो त केवल निजि स्वार्थ हो । हामीलाई आगामी वजेट आफ्नो वडामा कति आउछ भन्ने पनि हेक्का राखैं । वजेट लाखमा योजना करोडमा पनि नगरौं । कुन कुन शिर्षकमा आउछ । कस्तो खालको आउछ । भन्ने कुरा बुझ्न जरुरी छ । आफ्नो कार्यकालमा यति बनाए उति बनाए भनेर चौतारो बसेर गफ हाक्न वजेट माग नगरौं ।

गैंडाकोट नगरपालिका अहिले बढि माग छ बाटाको जुन जरुरी छैन् । यो चुनाव जित्ने मुख्य एजेण्डा होला तर जनप्रतिनिधिले बुझ्नै पर्ने कुरा यस्ले चुनाव जितिन्न । किनकि चुनाव आउने बेला सम्म बाटो अबश्य बिग्रिछ । यसको मतलव नगरपालिकामा बाटो बनाउन हुदैन भन्ने पनि होईन । बाटाको थोरै आश्यकता छ माग बढि छ ।

समृद्ध गैंडाकोट बनाउन बाटो बनाउनु भनेको ‘काम कुरा एका तिर, कुम्लो बोकी ठेमी तिर’ भने जस्तै हो । यहाँ ठुला उद्योग खोल्नु हजारौं रोजगार दिन्छु भन्ने छैन । केवल यहाँ कृषि र धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्रथामीता राख्नु पर्छ । प्राकृती सम्पदालाई संरक्षण गर्नुपर्छ ।

यस नगरपालिका भित्र रहेको १८ किलोमिटर पुर्व पश्चिम राजमार्गलाई मूख्य स्रोतको रुपमा लिनु पर्छ । नगरपालिकाको छेउबाट बगेको नारायणी नदीको संरक्षण गरी मापदण्ड अनुरुप उत्खन गर्नु पर्दछ । यस्तै अन्य कुराको खाजि गर्न आवश्यक छ । जनप्रतिनिधिले आफ्नो कार्य अवधिमा देखिने गरी एक काम गर्नै पर्छ । त्यसैले अध्यन गरेर मात्र वजेट माग गरौं, समृद्ध गैंडाकोटलाई टेवा पुग्ने गरी वजेट विनोजित गरौं ।

SHARE