नेपाली लोक तथा दोहोरी क्षेत्रमा लामो समय देखि लाग्नु भएका र “बोलमाया” जस्तो अन्त्यन्तै मर्मस्पर्शी र सुपरहिट गीत दिएका गायक तथा कलाकार प्रकाश सपुतको नया गीत ‘गलबन्दी‘ युट्युब ट्रेन्डिङ को शिर्ष स्थानमा आएको छ ।

निकै रोचक र ठट्यौली भाकामा माया प्रेमका कुरा सङालिएको भाकाले यसपालि भने भरपुर मनोरञ्जन दिने छ। बोलमाया कै केही दृश्यलाई समेटेर बनाइएको यो भिडियोमा अन्जली अधिकारी , प्रकाश सपूत लगायतका कलाकारले अभिनय गरेका छन।

शान्ति श्री परियार र प्रकाश सपुतको निकै मीठो स्वरमा सजिएको उक्त भाकामा शब्द सङ्गीत प्रकाश आफ्नै छ। यश अघिको बोलमाया गीत पनि शान्ति श्री परियार र प्रकाशले नै गाएका थिए । अझै दर्शक श्रोतालाइ बोलमाया २ को प्रतीक्षामा राखेका छन।

हेर्नुस् गलबन्दी (भिडियो )

https://youtu.be/QNInfBuBcOA

SHARE