पबित्रा पराजुली/जेठ १२,गैंडाकोट

गैडाकोट जेसीज, गैडाकोट नगर स्वास्थ्य शाखा र सहज सामुदायीक अस्पतालको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिबिर हिजो गैंडाकोट ३ ढोडेनिमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अथिती रहनुभएका गण्डकी प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपालीले स्वास्थ्य सचेतना गांउ गांउमा पुग्नुपर्नेमा जोड दिदै सबै व्यक्ति स्वास्थ्यको पहुचमा हुनुपर्छ भन्ने सरकारले निती बनाएको भएपनि नितीे कार्यान्वयन जोड दिनुपर्ने बताउनुभयो ।

शनिवार गैडाकोट नगरपालीका वडा नम्बर ३ ढोडेनीमा भएको शिवीरमा ३ सय १० जनाले स्वास्थ्य परिक्षण  र रगत जांच गरेका छन । जस मध्ये  १ सय ७५ जनाले स्वास्थ्य जाच गरेका छन भने  १ सय ३५ जनाले रक्त परिक्षण गरेका छन ।  कार्यक्रमा बोल्दै सहज सामुदायीक अस्पतालका अध्यक्ष तिर्थ रिमालले स्वास्थ्य विमाको महत्व रहेको बताउदै  नवलपुर जिल्लामा स्वास्थ्य र स्वास्थ्य विमाको सचेतना जगाउन आवस्यक  रहेकोमा जोड दिनुभयो ।

त्यस्तै गैडाकोट जेसीजका अध्यक्ष भानुभक्त रिमालले जेसिजले युवा नेतृत्वको लागी धेरै काम गदै आएको र अब समाजको लागी पनि केही गर्ने उद्धेश्यले शिबिर आयोजना गरेको बताउनुभयो । ढोडेनीमा ठूला अस्पताल नभएको र बिरामी परेर अस्पताल जान परेमा घन्टौ लाग्ने भएकाले पनि आफनो स्वास्थ्यको ख्याल राख्नुपर्छ अनि समय समयमा स्वास्थ्य जांच गनुपर्छ भन्ने सन्देश दिनको लागी पनि निशुल्क शिबिर राखिएको अध्यक्ष रिमालले बताउनुभयो । कार्यक्रमा प्रमुख अतिथी कृष्णचन्द्र नेपालीले एचआईभी परिक्षण गरेर कार्यक्रम उदघाटन गनुभएको थियो ।

गैडाकोट जेसीज बर्ष २०१९ का उपाध्यक्ष एबम स्वास्थ शिबिर कार्यक्रमका संयोजक  राजेश पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमा गैंडाकोट जेसीजका पूर्व अध्यक्ष कृष्ण हरी सापकोटा , नेपाल जेसीजका उपाध्यक्ष गोकुल सापकोटा लगाएतले मन्तव्य राख्नुभएको थियो ।

   गैडाकोट नगरपालीका वडा नम्बर ३ का वडा अध्यक्ष शिवकान्त तिवारी , सहज हेल्थ फाउन्डेसका उपाध्यक्ष डिल्लीप्रसाद सिग्देल गैडाकोट जेसीज का संस्थापक अध्यक्ष बद्री सापकोटा , पूर्व अध्यक्ष रमेश काफले , प्रमेश आचार्य तथा गैंडाकोट जेसिजका पदाधिकारी,सदस्य अनि स्थानीय बासिन्दाको उपस्तिथी रहेको कार्यक्रको सहजीकरण गैडाकोट जेसीस बर्ष २०१९ का महासचिव दया सापकोटाले गनुभएको थियो ।

SHARE