जेठ १, कावासोति । सरकारले हालै संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम संञ्चार लगायतका विधेयकका बिरुद्ध नेपाल पत्रकार महासंघ आन्दोलित भएको छ । य

सैक्रममा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा दबाब सिर्जना गर्न नेपाल पत्रकार महासंघ बर्दघाट सुस्ता पूर्व नवलपरासी शाखाको आयोजनामा आज विहान कावासोतीको फलफूल चोकदेखि महासंघ कार्यालय सम्म बिरोध र्याली प्रदर्शन गरेको छ ।

विरोध र्यालिमा पत्रकारहरुले वाक तथा प्रेस स्वतन्त्रता कायम गर” संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक खारेज गर” लगाएतको नारा लगाएका थिए । साथै अहिले पत्रकार महासंघ नवलपुरको कार्यालय कावासोतिको परिसरमा सरोकारवालाहरु बीच अन्तरकृया कार्यक्रम जारि रहेको छ ।

पत्रकार महासंघ गण्डकि प्रदेशका कोषाध्यक्ष दिपक भट्ट्राईको प्रमुख आतिथ्यता एवं नेपाल वार एसोसिएनका नवलपुर जिल्ला अध्यक्ष गणेश सापकोटाको विषेस आतिथ्यतामा कार्यक्रम चलिरहेको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै वारका अध्यक्ष सापकोटाले सरकारले प्रस्तुत गरेको मिडिया काउन्सिल विधयकमा धेरै कुराहरुलाई सुधार गर्नुपर्ने यदि सुधार नगरि सोहि विधेयक पास गरिएमा राज्यको चौथो अंग मानिने पत्रकारहरुको लागि मात्र नभई वाक स्वतन्त्रतामा पनि गम्भिर अपमान हुने वताउनुभएको छ ।

पत्रकार महासंघ जिल्ला अध्यक्ष होमराज रानाभाटको सभापतित्वमा भैरहेको कार्यक्रममा महासंघ जिल्ला सचिव प्रेम न्यौपानेले सहजिकरण गर्नुभएको छ । साथै पत्रकार महासंघ नवलपुरका अध्यक्ष रानाभाटले प्रेस काउन्सिल सहित सरोकार पक्षसँगको छलफल र सहमतिविना संसदमा दर्ता गरिएको उक्त विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगकारुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने भएको हुदा सो विधेयक फिर्ता लिनुपर्ने माग गर्नुभयो ।

विरोध स्वरुप नवलपुरका सम्पूर्ण मिडियामा कार्यरत पत्रकारहरुले हातमा कालो पट्टि वाधेर कार्य गरिरहेका छन् । कार्यक्रममा नवलपुरका सम्पूर्ण पत्रकारहरु एवं विभिन्न संघ संगठनका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको छ ।

SHARE