अजय पौडेल/ गैंडाकोट, चैत्र ०९ ।
सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारि गैंडाकोटको आयोजना र पुरानो मेडिकल कलेजको प्राबिधिक सहयोगमा बृहत निशुल्क स्वास्थ्य शिबिर समपन्न भएको छ । पुरानो मेडिकल कलेजका बरिस्ठ छाला,यौन तथा कुस्ठरोग बिसेसज्ञ प्रा.डा. महेश माथुर,बरिस्ठ मृगौला रोग विशेषज्ञ प्रा.डा.माधब घिमिरे , बरिस्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा.डा.प्रबिन कुमार , बरिस्ठ दन्तरोग विशेषज्ञ प्रा.डा.पाशा,बरिस्ठ बाल रोग बिसेसज्ञ प्रा.डा. अतुल पान, बरिस्ठ हाड जोर्नी तथा नशा रोग बिसेसज्ञ प्रा.डा. हेमन्त कुमार गुप्ता,बरिस्ठ नाक कान तथा घाँटी रोग बिसेसज्ञ डा. अपार पोख्रेल ,बरिस्ठ जनरल फिजिसियन डा. जित प्रसाद घिमिरे सहित ३० जनाको प्राबिधिक टोलिले विभिन्न ८ वटा बिभागमा विशेषज्ञ सेवा प्रदान गरेको निशुल्क स्वास्थ्य शिबिरमा करिब सात सय जना भन्दा बढी सेवाग्राहीले सेवा लिएका संयोजक सुर्य प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

गैंडाकोट नगरपालिकाका नगर प्रमुख छ्त्रराज पौडेलले उद्घाटन गर्नुभएको कार्यक्रममा सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारिले आफ्नो २५ बर्ष पूरा गरेको उपलक्ष्यमा सन्चालन गरिएको सहकरिका सेयर सदस्य तथा शिबिरका संयोजक सुर्य प्रसाद घिमिरेले बताउनुभयो ।
निशुल्क स्वास्थ्य शिबिरमा पुरानो मेडिकल कलेज र ट्याब्लेट इन्डिया फार्मासिटिकल्स ले आफ्ना बजार प्रतिनिधि समिरा अधिकारी सहित निशुल्क औषधि उपलब्ध गराएको थियो । साथै श्रीएम सप्लायर्स र टाइम फर्मासिटिकल्स समेत औषधि सौजन्य गरेका थिए ।

सार्क क्षेत्रको पहिलो नेपालि सर्जिकल अस्पताल तथा निजि क्षेत्रको नेपालकै पुरानो शिक्षण अस्पताल पुरानो मेडिकल कलेजले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता विभिन्न कार्यक्रम गर्नेगरेको र यसलाइ आगामी दिनमा अझै प्रभावकारी रुपमा अगाडी बढाइने कुरा अस्पतालका प्रमुख सन्चालन अधिकृत प्रा.डा. सुप्रभात श्रेष्ठले बताउनुभयो ।

नेपाल सरकारले बिपन्नलाइ लक्षित गरि सुरु गरेका निशुल्क स्वास्थ्य बिमा , निशुल्क कडा रोग सेवा, निशुल्क डट्स कार्यक्रम , निशुल्क पाठेघरको शल्यकृया तथा भु पु भारतिय नागरिकका लागि निशुल्क स्वास्थ्य उपचार कार्यक्रम इ सि एच एस आदि सेवा एउटै अस्पतालमा उपलब्ध भएको र सम्पुर्ण बिभागमा विशेषज्ञ सेवा उपलब्ध भएको पुरानो मेडिकल कलेजले मध्य नेपालमा गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा पुर्याइरहेको र भावी दिनमा समेत आफ्नो सेवा लाई यस्ता विभिन्न कार्यक्रम मार्फत अझ जनमुखी र प्रभावकारी बनाइने कुरा अस्पतालका बरिस्ठ बजार तथा जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख पौडेल , डा.महेश माथुर, डा.माधव घिमिरे आदिले मन्तब्य राख्नुभएको थियो । शिबिरको औपचारिक सुरुवात डा.माधब घिमिरेले नगर प्रमुख पौडेलको रक्तचाप जाँच गरेर भएको थियो ।

SHARE