गैँडाकोट, २९ मंसिर । अमर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १९ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशन गरेको छ । शनिबार लक्ष्मी मावि अमरापुरीमा कार्यक्रम गरिएको हो ।

आर्थिक वर्ष २०७४/७५ मा २ करोड २६ लाख आम्दानी गरेको छ । संस्थाको खर्च भने ८६ लाख ८६ हजार रहेको छ । संस्थाको खुद नाफा करिब २३ लाख रहेको छ । साधारण सभामा प्रस्तुत कोषाध्यक्ष उमानन्द कंडेलको आर्थिक प्रतिवेदनमा शेयर पुँजी २ करोड ३ लाख पुगेको जनाइएको छ ।

संस्थाका सचिव आनन्द कुमार शर्माको प्रगति प्रतिवेदन अनुसार संस्थामा हालसम्म ३८ सय ८५ शेयर सदस्य रहेका छन् । लेखा समितिका संयोजक हरिभक्त कंडेलले संस्थाको कारोबारलाई प्रविधिमैत्री बनाउन सुझाब दिनुभएको छ । ऋण उपसमितिका संयोजक प्रजापति कंडेलले संस्थाले १४ करोड ९१ लाख ऋण लगानी गरको बताउनुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिक शेयर सदस्य, बचत तर्फ र दूध संकलन तर्फ उत्कृष्ट सदस्यहरुलाई सम्मान गरिएको थियो । मासिक बचत तर्फ टिकाराम सापकोटा, दैनिक बचत तर्फ विनोद श्रेष्ठ, बाल बचत तर्फ सम्पदा मल्ल, ऋण तर्फ षडानन्द कंडेल, धितो कर्जा तर्फ कूलराज सुवेदी, शेयर सदस्य खरिदमा संगीता मल्ललाई सम्मान गरिएको थियो । दुग्ध संकलन तर्फ आनन्दकुमार शर्मा र मनहरी सापकोटालाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष तथा गण्डकी प्रदेश दुग्ध सहकारी संघका संयोजक गोपाल श्रेष्ठ, गैँडाकोट १६ का वडा सदस्य लक्ष्मीप्रसाद सापकोटा, गैँडाकोट एकीकृत बहुउद्देश्यीय सहकारीका अध्यक्ष माधवी कट्टेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष दाताराम पाण्डेको अध्यक्षतामा भएको थियो । संस्थाको ९ औँ अधिवेशन जारी रहेको छ ।

SHARE