सगुन पोष्ट/ चितवन  । शारीरीक सम्पर्कका लागि महिला मिलाइदिने भन्दै एक युवकलाई ठगी गर्ने तीन जनालाई चितवनमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ७ बस्ने वर्ष २४ का राजकुमार चौधरी र सोही स्थानकै १९ वर्षीय डेविट सिलवाल छन् । उनीहरुसँगै एक महिला पनि पक्राउ परेका छन् ।

उनीहरुले शारीरिक सम्पर्कका लागि एक जनासँग एक रातको १० हजार नगद लिएका थिए । रकम लिएपछि महिलासहित तीनै जना फरार भएका थिए । यौन सम्र्पकका लागि तयार भनिएकी ३७ वर्षीय एक महिलालाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए ।

रकम दिने व्यक्तिलाई पनि अनुसन्धानका लागि बोलाइएको छ । उनीहरुबीच रकम लिएपछि महिलाका बिषयमा विवाद भएको थियो ।

महिला मिलाइदिने दुई व्यक्ति, महिला र रकम दिने व्यक्तिका बीचमा आपसी कुरा नमिल्दा घटना बाहिर आएको प्रहरीको अनुमान छ । त्यस्तै प्रहरीले मोवाइलमा अश्लिल भिडियोहरु अपलोड गरिदिने दुई जना मोवाइल पसल सञ्चालकलाई पक्राउ गरेको छ ।

SHARE