तिलक सुबेदी/ गैंडाकोट (नवलपरासी) कलावती आर्ट काउन्सिलका अध्यक्ष भीम शर्माले बुवाले लेख्ने चिनामा अफुले रङ भर्दा भदै आफु चित्रकार भएको बताए ।

बुवा पण्डित खाली चिना लेख्नुहुन्थ्यो , सादा नेपाली कागजको छेउमा बुट्टा भर्नुपथ्र्यो “बावु यसमा बुट्टा बनाउत्यो” भन्दा भन्दै चित्रको लत लागो  शर्माले भने ।


२०३९ सालमा प्रधानध्यापकको पेसा त्यगेर उबेलाको पांच सय रुपियाको तलब छोडेर चित्रकारीता लागेको शर्माले बताए ।
शर्माको चित्र अहिले नेपालमा मात्र होइन बिदेशमा पनि बिक्रि भैरहेका छन् । बिभिन्न देशमा प्रर्दशनिक राखि सकेका शर्मा यो पटक नौ जना चित्रकारको चित्र बोकेर भरतको खजुराहो जादै छन् ।

चित्रकार शर्मा , प्रकास थापा(नवलपरासी), एवि गुरुङ्ग (काठमाण्डौ), डि राम पाल्पाली (काठमाण्डौ), छुनु यक्खा (काठमाण्डौ), विनीता इजम (काठमाण्डौ), नम्रता सिंह (काठमाण्डौ), सरोज खत्री –बिराटनगर) र नरवा पि.के (काठमाण्डौ)का चित्र लिएर जान लागेको शर्माले जनाकारी दिए ।


पछिल्लो समय घरमा राख्न कोठाको रंग सुहाउँदो चित्र खोज्ने बढदै गएको छ तर चित्रकला पूर्ण व्यावसायिक भने हुन सकेको छैन् ।
शर्माले थपे ‘श्रमअनुसार मात्र चित्रको मूल्य राख्ने गरिन्छ,’े, ‘तर चित्र किन्न मान्छे हिच्किचाउँछन, लागतअनुसार चित्रको मूल्य पाइदैन  ।’
‘एक घर, एक चित्र’ राख्ने अभियान महानगरपालिका, नगरपालिका र गाउँपालिकामा चलाउनुपर्छ भन्ने तर्क राखे शर्माले ।


‘अब वास्तुविद् र वातावरणविद्ले नयां घर बनाउनेलाई एउटा चित्र अनिवार्य राख्नुपर्छ भन्ने सल्लाह दिनुपर्ने शर्माको भनाई थियो ।
’ चित्रकलाले कवि र चित्रकारलाई जोड्ने काम गरेको उनले सुनाए । ‘अब व्यावसायिक चित्रकारिता कसरी गर्न सकिन्छ भनेर बहस गर्न जरुरी छ,’ उनले भने, ‘चित्रकारलाई बाँच्ने आधार सिर्जना गर्न राज्यको ध्यान जानु पर्छ ।

SHARE